Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागुऔषध गाँजा सहित पक्राउ

१९ साउन , काठमाडौं । ईन्द्रसरोवर गाउँपालिका-४ फाखेलबाट करिब ४ केजी अवैध लागुऔषध गाँजा सहित नुवाकोट घर भएका २७ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.४२ प ६९८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब ४ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय आशिष विश्वकर्मा समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बझाङ, बित्थडचिर गाउँपालिका-८ बागथलाबाट करिब १२ केजी अवैध लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित दार्चुला शैल्यशिखर नगरपालिका-१ बस्ने ४३ वर्षीय वीरेन्द्र बहादुर खडायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट बागथलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका-२ चालिसेबाट करिब ३ केजी अवैध लागुऔषध गाँजा सहित काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने १९ वर्षीय जयन्द्र ध्वज राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश ०२-०२५ प १०१२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment