Comments Add Comment

Advertisment

SKIP THIS

एसिड प्रहार गरेको अभियोगमा पक्राउ

३१ साउन , काठमाडौं । आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

स्रोत नखुलेको नगद सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

चितुवाको छाला र हड्डीसहित एक जना पक्राउ