Comments Add Comment

Advertisment

SKIP THIS

मन्दिरको दान पेटिका चोरी गरेको अभियोगमा पक्राउ

७ भदौ , काठमाडौं । पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गरेको अभियोगमा सोही महानगरपालिका-२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जेलाई प्रहरी पक्राउ गरेको छ ।

उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मिलाई उक्त दानपेटिका सहित पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment