२९ भाद्र काठमाडौ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका अभियुक्तहरुलाई लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखा तथा गोरखा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरी गोरखा जिल्ला अदालतमा उपस्थित गराई फरार अभियुक्त १८ जनालाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

१८ जनाबाट एक वर्ष पाँच दिन कैद र सात लाख ३५ हजार तीन सय ८३ रुपैयाँ असुल उपर गरिएको छ । बैंकिङ कसुर लागेका गण्डकी गाउँपालिका ४ का लोकबहादुर भट्ट सात लाख जरिवाना र १५ दिन कैद सजाया तोकिएका ब्यक्ति हुन् ।
शहीदलखन गाउँपालिका ७ मा सरकारी कागज किर्ते मुद्धाका अनिल तिवारीबाट ११ महिना छ दिन र ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । लागु औषध मुद्धामा शहीदलखन गाउँपालिका ६ का नारायण योगी सात दिन कैद सजाया भुक्तानमा परेका छन् ।
गोरखा नगरपालिका ९ का रबिन खत्री लागुऔषध मुद्धामा फरार प्रतिबादी हुन् । उनले सात दिन कारागार सजाया भुक्तान गर्न बाँकी छ । यी चार जना कारागार चलान भएको प्रहरीले जनाएको छ ।
अन्य १४ जना भने जरिवाना तिरेर छुटेका छन् । बन मुद्धामा पालुङटार ९ का जिवित गुरुङबाट १६ हजार तीन सय ३३ असुल भएको छ । सार्वजनीक अपराध गरेका र एक हजार देखि १० हजार सम्म जरिवाना तोकिएकाहरु १३ जना छन् ।
बारपाक सुलिकोट २ का बुद्ध घले, टिकाराम घले, पूर्ण घले, बिक्रम घले, बिरे घले, तेजबहादुर घले, कुमार घले, रन्त कुमार घले, बिजय घले, प्रमोद गुरुङ, किरण घले, हिमाल भन्ने सन्तबहादुर घले, र पालुङटार १ का दिपक बिक रहेका छन् ।



