.(ईश्वर दुलाल)
२९ भाद्र काठमाडौ । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिइएको छ।
यसअगाडि एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछि घिमिरेलाई जिम्मेवारी दिइएको हो। प्रहरीमा चुनौतीपूर्ण मानिने जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिइएको छ ।

नेपाल प्रहरी भित्र अत्यन्तै व्यवसायिक प्रहरी मध्ये गणना गर्न सकिने एसपी विनोद घिमिरे आएसगैं रौतहट जिल्लाको सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

एसपी घिमिरे नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन्। विनोद घिमिरे एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड गरेका घिमिरेले डीएसपीको रुपमा डडेल्धुराको सफल कमाण्ड गरेर बिदा हुँदा २६ किलोको मालासहित नागरिक अभिनन्दनले सम्मानित भएका थिए ।







