
३१ भदौ , काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ३० हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३८ हजार ३ सय ३ जना संक्रमण मुक्त भएका छन् । कोरोनाबाट थप ४ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सँख्या ४ लाख ४३ हजार ९ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४ लाख ५१ हजार ४ सय २३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । भारतमा कोभिड १९ विरुद्ध ७६ करोड ५७ लाख १७ हजार १३७ जनाले खोप लगाइसकेका छन् । हाल भारतमा संक्रिय संक्रमित सँख्या ३ लाख ४२ हजार ९ सय २३ रहेको छ ।





