Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न दुई जना पक्राउ

२८ भाद्र , काठमाडौँ । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।

काठमाडौं महानगरपालिका-३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाईल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान मोबाईल लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै