Comments Add Comment

Advertisment

SKIP THIS

स्वयम्भुमा डिआईजी उत्तमराज सुवेदीको अथितित्वमा अन्तरक्रिया तथा सधारण सभा सम्पन्न

.(ईश्वर दुलाल)

२ असोज ,काठमाडौ । काठमाडौ जिल्ला नार्गजुन नगरपालिका-२ मा युनिक मोडल स्कुलको प्राङ्गणमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र ईचंगुको अन्तरक्रिया तथा १३ औं र १४ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ ।

उक्त सभामा सामाजिक अपराध न्युनिकरणमा प्रहरी तथा स्थानिय व्यक्तिहरुको भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीको तथा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीकोअथितित्वमा कार्यक्रम सन्चालन भएको हो । 

प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सुरक्षामा चासो राख्ने आम नागरिकहरूलाई एकै थलोमा उभ्याउन सफल भएको भन्दै सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले दिगो सुरक्षा रणनीति तय गर्न सहज हुने भएकाले नागरिकसँग प्रहरी, प्रहरीसँग नागरिक भयो भने मात्र सुरक्षा सुदृढिकरण गर्न सकिने बताउनुभयो ।

उक्त अवसरमा प्रमुख अतिथि उतमराज सुवेदीले समाज परिवर्तन लागि अहोरात्र खटीने प्रहरी भएकाले समाजमा हुने अपराधिक क्रियाकलापको बारेमा प्रहरीलाई सुचना दिन अनुरोध गर्नुहुदै महिला हिंसा, आफन्तबाट भएका घटना , बलात्कारका घटना वा आत्महत्या जस्ता घटनाहरुको रोकथाम रेगुलर प्रहरी बाट मात्र संभव छैन । त्यसैले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न नै समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै तपाईँ हामी सबैलाई बढि भन्दा बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाएको प्रमुख अतिथिले बताउनु भयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र नागार्जुन नगरपालिका इचंगुनारायणको आयोजना र महानगरीय प्रहरी वृत्त स्वयम्भुको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नागार्जुन नगरपालिका वडा २ का वडा अध्यक्ष लगायत विभिन्न समाजिक अगुवाहरु र स्थानिय व्यक्तिहरुको संयुक्त उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment