Comments Add Comment

Advertisment

SKIP THIS

सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु

५ आश्विन , काठमाडौं । सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका ९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्री वृद्ध इटहरी ५का ८२ वर्षीय उमाकान्त भण्डारीको मृत्यु भएको हो ।

हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले वृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment