Comments Add Comment

Advertisment

SKIP THIS

धनराज गुरुङ चढेको गाडी दुर्घटना

४ कात्तिक , काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ ।

कालिगण्डकी-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा दुर्घटना भएको उपसभापति गुरुङले सामाजिक सञ्जालमार्जत जानकारी गराएका छन् ।

नेता गुरुङ चढेको गाडी सडकदेखि नालीमा खसेको छ । तर गाडीमा सवार सबै सुरक्षित रहेको उनले जानकारी दिए ।

उनले लेखेका छन्, सामन्य दुर्घटना ! कालिगण्डकी-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना ! हामी सबै सुरक्षित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment