Comments Add Comment

Advertisment

SKIP THIS

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गए राति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गए राति सवा २ बजे ठक्कर दिएको थियो।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै