Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

१८ कात्तिक, काठमाडौं । मार्मा गाउँपालिका-२ लाम्बगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ केजी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैतडी डिलाशैनी गाउँपालिका-२ गन्ना बस्ने मदन घरेडी र दार्चुला अपि हिमाल गाउँपालिका-५ बस्ने ४४ वर्षीय दान सिंह धामी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लटिनानाथबाट खटिएको प्रहरीले से.१ ज ६१८ नम्बरको जिपलाई जाँच गर्दा सोही जिपका चालक मदनको साथबाट उक्त पर्दाथ फेला परेपश्चात अनुसन्धानको क्रममा दान सिंहलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment