Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा झडप हुँदा एक जनाको मृत्यु , चार जना घाइते

४ मंसिर , काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको मृत्यु भएको हो । घाइते भएका अन्य चार जनामध्ये एक जनाको जनकपुर र तीन जनाको सर्लाहीमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment