Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटनाले स्तब्ध बनायो : प्रचण्ड

२७ असोज , काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला सवारी दुर्घटनाले स्तब्ध बनाएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले सो दुर्घटनामा परि ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

मुगु, कास्की, अछामलगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत नागरिकहरुमा विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment