Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

१५ कात्तिक , काठमाडौ । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको छ ।

उनको सनाखत हुन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै