Comments Add Comment

Advertisment

SKIP THIS

पर्साको वीरगंजबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एक जना पक्राउ

२३ कात्तिक , काठमाडौ । पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साह रहेका छन् ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना ४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै