Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी राई बाँकेको निरीक्षणमा खुला सिमानामा तस्करी नियन्त्रण गर्न निर्देशन

२९ माघ , काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत माघ २८ गते जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गर्नुका साथै सम्पन्न निर्देशन समेत दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहका कार्यरत प्रहरी ईकाई ईन्चार्ज, कार्यरत सि.प्र.अ., जु.प्र.अ. तथा प्र।ह।,प्र।ज।हरुलाई आवश्यक निर्देशन दिनुका साथै बाँके जिल्लाका माननिय संघिय तथा प्रदेश सांसदहरु, नगरपालिकाका मेयर एवं उप-मेयरहरु गाउपालिका अध्यक्ष एवं उपाध्यक्ष जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत स्थानिय संघ-संस्थाका प्रतिनिधी हरुहरुसंग समसामयिक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment