Comments Add Comment

Advertisment

SKIP THIS

स्ववियु निर्वाचनको टिकट वितरण गर्न नेविसंघमा ३ सदस्यीय समिति

२७ फागुन , काठमाडौ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि टिकट वितरण गर्न समिति गठन गरेको छ ।

संघभित्र विवाद कायम भइराखेकोले टिकट वितरणलाई सहज बनाउन फरकफरक समूहको प्रतिनिधित्व हुने गरी तीन समिति गठन गरिएको हो । समितिमा संस्थापन पक्षबाट नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा रहेका छन् भने शेखर-गगन समूहबाट प्रेमिका राना र सिर्जना मल्ल छन् ।

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको मिति तोकिएको छ तर नेविसंघभित्रको विवादका कारण उम्मेदवारको टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै