Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीबाट प्रहरीले जबरजस्ती करणीको आरोपिलाई  नौ वर्षपछि पक्राउ गरी कारागार चलान

२० चैत , काठमाडौ । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरी प्रहरीले आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साबिक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ बस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए ।

सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment