Comments Add Comment

Advertisment

SKIP THIS

मुस्ताङमा ५ लाख चोरी गरेर फरार रहेका राजकुमारलाई भक्तपुरको जगातिबाट प्रहरीले पक्राउ

काठमाडौँ । मुस्ताङमा चोरी गरेर फरार रहेका एक जना युवक काठमाडौँमा पक्राउ परेका छन् । २०७९ साल पुस १२ गते मुस्ताङ वारागुङ गाउँपालिका–१स्थित छिरिङ खाजाघरबाट ५ लाख रुपैयाँ चोरी गरी फरार रहेका राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

मोक्तानलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट पत्राचार गरेको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत वैशाख १७ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ जगातिबाट पक्राउ गरेको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै