Comments Add Comment

Advertisment

SKIP THIS

खैरो हेरोइन लिएर छोरा भेट्न आमा नै कारागार पुगेपछि …

११ असार,काठमाडौ । जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेका छोरा भेट्न गएकी एक महिला लागुऔषधसहित पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने ५० वर्षीया कमलादेवी अवस्थीलाई पाँच ग्राम ४० मिलिग्राम खेरै हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवस्थीले छोराका लागि लगेको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाएको अवस्थामा लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

प्रहरीका अनुसार उनका छोरा २१ वर्षीय प्रकाश लागुऔषधसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment