Comments Add Comment

Advertisment

SKIP THIS

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ आजदेखि सुरु

३ असोज , काठमाडौ । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ आजदेखि सुरु भएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।

यातायात मन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका कर्मचारीहरु बस चढेर यात्रा गरेका छन् ।

द्रुत बस सेवाले ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुर्याउने छ । सामान्य बसलाई भने १ घन्टाभन्दा धेरै लाग्ने गरेको छ । द्रुत बसलाई जाम छल्न सहिलो हुने गरि माइतीघर, कोटेश्वर, जडिबुटी रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लिने छन् । यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि सञ्चालन गर्ने निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गरिएको छ । रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु गरिएको हो ।

व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो । करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउनेछन् ।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि द्रुत बस सेवाको अवधारणा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

अहिले बिहान र साँझ कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुनेछ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।आज उद्घाटन भए पनि सर्वसाधारणले भने भोलिबाट सेवा लिन पाउने छन् ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment