Comments Add Comment

Advertisment

SKIP THIS

दशै नजिकिदै गर्दा सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु

४ कात्तिक , काठमाडौ । त्रिभुवन राजपथअन्तर्गत भैँसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भएको सवारी दुर्घटनामा एक जनाएको मृत्यु भएको छ ।

भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा छन् ।

उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment