Comments Add Comment

Advertisment

SKIP THIS

डोटीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु : ५ घाइते

१९ कात्तिक , काठमाडौ । डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् ।

धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप केआईसिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका– ६ स्थित अण्यौलमा दुर्घटना भएको थियो । जिप सडकबाट करिब ५०÷६० मिटर तल सेती नदिमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, सोही ठाउँका ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले बताएका छन् ।

घाईतेहुनेमा सोही ठाउँका वर्ष ३० का प्रकाश बुढा, वर्ष २३ का खोम बहादुर मलाल, वर्ष २४ का दान बहादुर बुढा, वर्ष २१ का विमला मलाल र वर्ष २१ का राज बहादुर मलाल रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । जिप राति करिब साढे २ बजेतिर सेती नदिमा खसेको हो । घटना के कति कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक श्रीवास्तबले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment