Comments Add Comment

Advertisment

SKIP THIS

दीपेन्द्र, विनोद र सन्दीपलाई सुदूरपश्चिम सरकारले ५/५ लाख पुरस्कार दिने

२७ कात्तिक , काठमाडौ । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश सरकारले पाँचरपाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन् ।

शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् । प्रदेश सरकारले यसअघि पनि यहाँबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान र सम्मान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै