Comments Add Comment

Advertisment

SKIP THIS

बाह्रबिसेमा आगो ताप्ने क्रममा घरमा आगलागी, एक जनाको मृत्यु

१९ मंसिर , काठमाडौ । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको जानकारी दिए।

आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए ।

लोकबहादुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

दाङकाे गणपति तेल मिलमा आगलागी

कपास उद्योगमा आगलागी

जुत्ता कारखानामा आगलागी