१३ मंसिर काठमाडौ । गल्ती गरेको ठाउँमा नै जरिवाना गर्दा चालक र यात्रुको समयको बचत हुने र झन्झट व्यहोर्नु नपर्ने ललितपुर महानगरका नगर प्रहरी प्रमुख हाछेथुले बताए ।


अनधिकृत पार्किङका कारण पैदल यात्रुले सहज रूपमा आवतजावत गर्नबाट वञ्चित भएका छन् भने, ट्राफिक जाम पनि बढ्ने गरेको छ ।
ट्राफिक जाम न्यूनीकरण गर्न र दुर्घटना कम गराउन महानगरले पार्किङ निषेध गरिएको ठाउँमा सवारी पार्किङ गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।
नगर प्रहरीले मोटरसाइकललाई ५ सय र गाडीलाई १ हजार जरिवाना लिन थालेको छ । पार्किङ निषेध गरिएका ठाउँ, साँघुरो पाटो र पोटीमा सवारी राख्नेलाई जरिवाना गर्ने र चक्का लक गर्ने काम पनि सुरु गरिएको हाछेथुले बताए ।








