Comments Add Comment

Advertisment

SKIP THIS

बालकुमारी झडपमा ज्यान गुमाएका युवकको छातीमा डाम, गोली लागेको भेटिएन

१३ पुष , काठमाडौ । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो ।

त्यही क्रममा राउत बालकुमारी क्षेत्रमा अचेत भेटिएका थिए । उनको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

तर, प्रहरीले भने गोली लागेर एक युवकको मृत्यु भएको बताएको थियो । अस्पताल स्रोतका अनुसार उनको शरीरमा गोली लागेको कुनै निशान र चोट छैन। छातीमा भने चोट लागेको जस्तो डाम देखिएको छ।

मृत्युको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment