Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु ,१२ घाइते

१६ बैशाख, काठमाडौ । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।

लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जीप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् ।

दुर्घटनामा सत्यवती ५ का ३१ वर्षका कृष्ण थापा, वडा नं ४ का ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षका पदमबहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ५६ वर्षको चिनबहादुर राना र चालक २९ वर्षका शंकर बिक घाइते भएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।

घाइतेहरूको शरिरका विभिन्न भागमा चोट लागेको छ । घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडीको ब्रेक फेल भएर सडकदेखि ४० मिटर तल खसेको थियो ।घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment