Comments Add Comment

Advertisment

SKIP THIS

गिरीबन्धु टी-स्टेटको जग्गाको प्रश्नमा ओलीको जवाफ: बालेनलाई सोध्नू

२१ जेठ , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी(स्टेटको जग्गा प्रकरणमा आफूलाई जोडिएको विषयमा असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा गिरिबन्धी टिस्टेटको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले आक्रोशित हुँदै भने, ’बालेनलाई सोध्नू ।’

एमालेप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएको बालेनले गिरिबन्धु टी– स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका थिए ।

उनले लेखेका थिए, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू। झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागीताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता नगरे साँच्चैको नयाँ आएर फाइल पल्टाउँदा भन्दै चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment