२७ असार ,काठमाडौ । तार्केश्वर नगरपालिका विद्यायलय समिति द्वारा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यायलय समिति २०५२ सालमा उत्तमेगीय संयुक्त विद्यायलय समितिका नाममा स्थापना भएका हो । तत्कालीन अवस्थामा टेष्ट परीक्षा सञ्चालनका लागि गठन भएको हो ।
पछि यसले विद्यालय स्तरमा सबै परीक्षाहरु सञ्चालन गर्न सुरु गर्यो। त्यो समयमा नागार्जुन न पा देखि हालको बुढानीकण्ठ नगरपालिकाका विद्यालयहरू सहभागी थिए ।
परिवर्तित समयमा देश संधीय गए पश्चात यस समितिको कार्य क्षेत्र खुम्बिन पुग्यो। नयाँ नियमानुसार यसलाई नगरपालिकामा दर्ता गरेर तारकेश्वर सामुदायिक विद्यालय समितिको नाममा यस समितिले आफूलाई क्रियाशील गराउँदै आएको छ ।
हाल समितिले गर्दै आएका मुख्य कार्यक्रमहरु
गुणस्तरीयताका लागि : परीक्षा :-
- त्रैमासिक तथा वार्षिक परीक्षा सञ्चालन
- विभिन्न विषयगत समितिहरु गठन गरी प्रश्नपत्र निमार्ण
- हरेक परीक्षामा प्रश्नपत्रहरु कार्याशाला गरी निमार्ण गर्ने गरिएको
- परीक्षा सम्पन्न भएकै दिन समीक्षा बैठक
- प्रति विद्यार्थी रु ४० मा प्रश्नपत्र उपलब्ध गराउदै आएको
- कक्षा ८, १० र ११ को टेष्ट परीक्षा सेन्टर कायम गरी गर्ने गरिएको
शिक्षक कल्याकारी कोष सञ्चालन
- तारकेश्वर नगरपालिकाको सहकार्यमा शिक्षक कल्याकारी कोष सञ्चालनमा ल्याइएको छ
- उक्त कोषमा हाल रु २९,००,००० र जम्मा भएको छ
- कोषमा आवद्ध शिक्षक कर्मचारीले रु १००० वार्षिक जम्मा गर्नु पर्नेछ
- नगरपालिकाले जोड कोषका लागि प्रति वर्ष रु ५००००० दरले दिदै आएको छ
- यस कोषबाट शिक्षक वहालमा रहदा क्यान्सर जस्ता दीर्घ रोग लागेमा रु ५०००० सहयोग पाउछन भने अप्रेशन गरी हस्पिटल भर्ना भइ बसेको अवस्थामा रु १५००० सहयोग रकम पाउँछन
- शिक्षक कर्मचारी अवकास हुँदा आफूले राखेको रकम समेत फिर्ता पाउँछन्
थप पाठ्य पुस्तक
- यस समितिमा आवद्ध २३ वटै विद्यालयमा सरकारी पुस्तकका अतिरिक्त थप पुस्तकहरु संस्थागत विद्यालय सरह एउटै राखिएका छन्
- सबै विद्यालयमा अंग्रेजी माध्याममा नै अध्यापन हुने गरिएको छ
दक्षता अभिवृद्धि : तालिम
- समितिले विभिन्न समयमा शिक्षकहरु लागि तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ
- गत वर्ष अर्थशास्त्र र सामाजिक विषयको तालिम सम्पन्न भएका छन
- प्रअ तथा लेखापालका लागि खरिद विधि सम्बन्धी तालिम सम्पन्न भयो
- विद्यालयमा कार्यरत लेखाका कर्मचारीलाई लेखा सम्बन्धि तालिम संचालन गर्ने
अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप :-
समितिले आगामी वर्ष चार ओटा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने लक्ष्य लिएको छ
- कविता बाचान प्रतियोगिता शिक्षक तथा विद्यार्थी यही २९ गते बिहान ७स्०० बजे गामसेवामा सञ्चालन हुने
- नृत्य प्रतियोगिता शिक्षक र विद्याथी दुवैको भाद १५ र १६
- वक्तृत्वकला प्रतियोगिता मंसिर २९
- हाजिरी जवाफ माघ १६ र १७
उत्प्रेरणा सम्बन्धी कार्यहरु
- सेवा निवृत्त शिक्षकलाइ साधारणसभामा सम्मान गर्ने गरिएको
- २५ वर्षे दीर्घसेवी शिक्षक कर्मचारी सम्मान
- बढुवा भएका शिक्षकहरुलाई सम्मान
- SEE र BEE नगरपालिकाका प्रथम, द्वितीय र तृतीइ विद्यार्थीलाई नगद सहित सम्मान
- SEE र BEE मा नगरपालिका स्तरमा प्रथम, द्विद्वीय र तृतीय सम्मान
नगरपालिकासँग समन्वय र सहकार्य सम्बन्धी कार्य
- शिक्षा नीति निमार्ण
- समतामुलक पहुँच र गुणस्तर अभिवृद्धि
वार्षिक साधारणसभा
समितिले आफ्ने २९ औं वार्षिक साधारणसभा यही असार २९ गते दिउस २:०० बजे नगरपालिकाको सभाहल ( वडा न ६ को) सम्पन्न भएको छ ।


