Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं महानगरले भन्यो – नदी किनारा र पानी जमेको सडकमा नजानू

२८ असार ,काठमाडौ । लगातारको वर्षाका कारण काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएकोले सतर्कता अपनाउन काठमाडौं महानगरले आग्रह गरेको छ ।

केही ठाउँमा ठूलो पानी परिरहेकाले बस्ती डुबान, जमिन कटान, जनधनको क्षतिको जोखिम बढेको भन्दै मेयर बालेन्द्र शाहले जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेका हुन् ।

उनले नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जम्मा भएको सडकमा आफू पनि नजान र गाडी पनि नलैजान अनुरोध गरेको छ । यस्तै उनले कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा गाडी पार्किङ नगर्न र अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरे ।

मेयर शाहले मनसुनजन्य विपत् आइपरेमा र जोखिम बढेमा तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, काठमाडौं महानगरपालिका र महानगर प्रहरी बललाई खबर गर्न पनि सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment