श्रावन १ ,काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण सार्वजनिक गरेको हो ।
प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छैनन् ।





