Comments Add Comment

Advertisment

SKIP THIS

अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोल्ने एक जना पक्राउ

४ श्रावन, काठमाडौ । अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेर चेकबुक दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भएका ध्रुवकृष्ण शर्मा छन् ।

शर्माले मुक्तिनाथ विकास बैंकको थिमी शाखालाई झुक्काएर अर्काको नागरिकता प्रयोग गरेर खाता खोलेका थिए । शर्माले धनुषा घर भएका सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरेर खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अर्काको नागरिकता प्रयोग गरेर आफ्नो फोटो र मोबाइल नम्बर राखेर खाता सञ्चालन गरेका शर्माले चेकबुक दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप कानुनी कारवाहीका लागि प्रहरी वृत्त थिमी पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment