१० साउन , काठमाडौ । पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ ।
सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ रिसवत लिने दिनेलाई सजाय हुने भन्ने व्यवस्थाको उपदफा ३ मा उल्लेख छ ।




