१० साउन , काठमाडौ । नेपाल प्रहरीका २९ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीससम्म २९ जना सम्पर्कविहीन भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।




