Comments Add Comment

Advertisment

SKIP THIS

दसैँ तिहारका लागि चिनीको जोहो गर्दै सरकार

२६ साउन ,काठमाडौं । सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी सरकारले गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरव्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोटगरी चिनी खरिद गर्न पत्राचार गरेको थियो ।

भारत सरकारले गत वर्षको दसैँतिहारमा नेपाललाई दिने भनेको २५ हजार मेट्रिक टन कोटाको चिनी गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् । अहिले बजारमा चिनी अभाव हुन थालेपछि विभागले गत वर्ष भारतले दिने भनेको कोटाको चिनी हाल खरिदका लागि सूचना आह्वान गरेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार दसैँतिहारमा मात्रै कर्पोरेसनमा करिब ३० देखि ३५ हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment