Comments Add Comment

Advertisment

SKIP THIS

रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई जेलबाट झिकाएर आज बयान लिइने

२९ साउन , काठमाडौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी सञ्चालकसँग बयान लिँदैछ ।

विहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका संचालक भविश्वर अर्यालसँग बयान लिन लागिएको हो ।

उनीहरुलाई जेलबाट ल्याएर समितिको बैठकमा उपस्थित गराइने छ। समितिले पछिल्लो समय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा जेलमा रहेका संचालकहरुलाई झिकाएर छलफल गर्दै आएको छ।

सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment