Comments Add Comment

Advertisment

SKIP THIS

लागु औषध सहित १ जना पक्राउ

२९ मंसिर काठमाडौ । सुनसरीको धरान उप-महानगरपालिका-१३ अमरपथ स्थितबाट लागु औषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-३ का २४ बर्षिय उमेश बोगटी रहेका छन् ।

आज बिहान ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक-७ एम्पुल, फेनारगन-७ एम्पुल, एभिल-७ एम्पुल, डाईजेल्याब-७ एम्पुल र नाईट्रोजन-२० ट्याब्लेट सहित बोगटीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बोगटीको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment