२ पुष काठमाडौै । विचौलियामा संलग्न चारजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङमा उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलियाको कार्य गरी सर्वसाधारणलाई दुःख दिएको आरोपमा विराटनगर महानगरपालिका–१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका–५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका–१२ बस्ने ३९ वर्षीय शिवकुमार कामतलाई पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दुःख दिएको पाइएको छ ।






