Comments Add Comment

Advertisment

SKIP THIS

पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलित

१० माघ , काठमाडौ । न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज पनि आन्दोलित भएका छन् ।

पसल बन्द गरेर उनीहरू बिहान ११ बजेतिरबाटै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको संयोजक अमृत मानन्धरले बताए ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै