
.ईश्वर दुलाल
२७ पुष , काठमाडौ । जिल्ला प्रहरी कार्यालय बर्दियाले जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दारमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २५ गतेको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट सोही समुहतर्फको प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी हवल्दार हरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले मंगलबार जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी उपरीक्षक ईश्वर कार्कीले पदोन्नती हुनुभएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र नागरिकले पाउने सेवालाई अझै उत्कृष्ट बनाउन निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।








