
२८ पुष , काठमाडौ । श्रीमतीलाई आगो लगाई फरार श्रीमान सात बर्ष पछी पक्राउ परेका छन्।

२०७१।११।३० गते बेलुकाको समयमा मृतक किशलावती चमारलाई साथमा लिई ससुरालमा आएका भारत जिल्ला सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष २३ (हाल ३० वर्ष) को मुलायम चमार समेत खाना खाई निज मुलायम चमार र किस्लावती चमार (छोरी ज्वाई) घरमासँगै सुतेकोमा निजको बाबु सुखराम चमार गोठमा सुत्न गएकोमा राती निजको छोरी किस्लावती चमारलाई श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी कर्तव्य गरी मारी आगो समेत लगाई घटना पश्चात भागी गएका मुलायम चमार भन्ने सिकन्दर चमारलाई गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जादाँ यस कार्यालयबाट प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति ०९।२७ गते २२:३० बजेको समयमा जिल्ला कपिलवस्तु यशोधरा गाँउपालिका वडा नं ६ रंगपुर स्थितबाट नेपालतर्फ शंकास्पद तरिकाले आउदै गरेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिईएको थियो ।

न्यसै गरी मृतकको नाम किशलावती चमार बर्ष २१ बर्ष को जिल्ला कपिलवस्तु साबिक भिल्मी गाउ बिकास समितीवडा नं ९ हाल कृष्णनगर नगरपालिका वडा ६ श्रीनगर बस्दै आएका मिती १२।०१ गते श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेत लगी आगो लगाई हत्या गरिएको खुलासा भएको छ ।

साथै पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने जयराम चमारको छोरा बर्ष २३ (हाल ३०बर्ष) को मुलायम चमार भन्ने सिकन्दर चमार हो भने निज सिकन्दर चमारको साथबाट उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र,नंम्बर प्लेट नभएको निलो R15मोटरसाइकल सहित मोबाईल (थान २) सेट बरामद भएको जानकारी आएको छ ।
मृतकका बाबु (जाहेरवाला) सुखरामले घटनाको सम्बन्धमा :
”मिति २०७१।११।३० गते राति ससुराल आएका छोरी ज्वाइलाई खाना खुवाई,विस्तारा लगाइ दिई घरमा सुताई आफु गोठमा सुत्न गएका थिएँ । भोली बिहान बिहान ५:५० बजे उठ्दा घर देखि अन्दाजी ३०० मिटर टाढा रहेको रहरको खेतमा काटिएको र जलाएको अवस्थामा छोरीको लाश फेला परेको भनि गाऊँलेहरूले फोन गरेर जानकारी गराएका थिए ।”



