२२ माघ , काठमाडौ । स्थानीयतहको निर्वाचन हुने चर्चासंगै विभिन्न पार्टीबाट आकाक्षीहरुले आ-आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेसंगै मुख्य दलबाट आकाक्षीहरुको चर्चा हुन थालेको हो । स्थानीयतहमा कसैले आफ्नो दाबीनै अघि सारेका छन् भने कसैको भने स्वभाविक चर्चा हुन थालेको छ ।
त्यस मध्य एक हुन् नेकपा माओवादी केन्द्र काठमाडौं तार्केश्रर नगरपालिकामा अध्यक्ष राम कुमार थापा : अध्यक्ष थापाको मेयर उम्मेद्बारमा चर्चा हुन थालेको छ । २०३९ सालदेखि निरन्तर वाम राजनीतिमा सक्रिय थापा पछिल्लो समय तार्केश्वर नगरपालिकामा माओवादी केन्द्र अध्यक्षको रुपमा सक्रिय रहदै आएका छन् ।
थापा माओवादी केन्द्रबाट तार्केश्वरका बलिया उम्मेद्बार हुन् । स्थानीय जनताविच लोकप्रिय थापा जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् ।
तार्केश्वर नगरलाई बिकासको नयाँ उचाईमा उठाउनु माओवादी केन्द्रका प्रतिनिधिलाई निर्वाचित गराउनु पर्ने थापाको बुझाइ रहेको छ । संघीयता माओवादीको एजेन्डाका भएकोले जसको नीति उसको नेतृत्व भएमात्र जनताले चाहेको बिकास हुने थापाको तर्क छ ।
तारकेश्वर नगरपालिकाका युवाहरु माझ लोकप्रीय थापा स्थानीय जनताका समस्यालाई आफ्नै समस्याको रुपमा लिदै दिनरात नभनी सहयोग गर्दै आएका छन् । इमान्दार नेताको छवि बनाएका थापालाई फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत साथ रहने तार्केश्वरमा चर्चा छ ।




