Comments Add Comment

Advertisment

SKIP THIS

बच्चा चोरेर भाग्दै गर्दा दुई महिला पक्राउ

२७ माघ ,काठमाडौं । बच्चा चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अमीर राइनका ७ महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम खुलाइएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । बच्चा चोरी गर्दैगर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment