१७ फागुन, काठमाण्डौं । हुम्ला जिल्ला स्थित ताजाकोट गाउँपालिका–३ छप्रेला बजारबाट चितुवाको जस्तो देखिने १ थान छाला र हड्डीहरू सहित एक जना प्रकाउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ उत्तीसैनी बस्ने ३७ वर्षीय सुनिल सार्की रहेका छन् ।
प्रहरी चौकी छप्रेला ताजाबाट गस्तीमा खटिएको प्रहरीले छप्रेला बजारस्थित पसलमा शंकाष्पद अवस्था रहेका सुनिललाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



