Comments Add Comment

Advertisment

SKIP THIS

युवा नेतृत्वको सकृयतामा मौनता !

२८ जेठ, काठमाडौ । संकटले नेतृत्व र नागरिकको परिक्षण गरिरहेको छ । मिसाइल र हतियारको साख कोरोनाले गिराइदियो । अहिले नेपालीलाई दुखको मूख्य कारण खराव मानिसको आतंक मात्र जिम्मेवार नभई असल र बुद्दिजीवी मानिसको मौनता पनि हो ।

कुनैपनि राजनीतिक पार्टी त्यतिखेर दिसाहीन अवस्थामा हुन्छ जतिखेर त्यहाँ भित्र युवा नेतृत्वको सकृयता मौन रहन्छ । सायद, अहिले जुनसुकै दलहरु अझ बढी नेकपा एमाले भित्र देखिएको तिक्तता पनि यसैको उपज हो । दलमा उमेरको सिन्डिकेट रहेसम्म र भारत या चीनपरस्त नीतिबाट टाढीएर सेल्फ प्रोडक्टिभिटीको सिद्दान्त नप्नाएसम्म देशको हालत संधैभरी यस्तै हो ।

एउटा साधारण किसानले त खेत बारीको बालिनाली कसरी सपार्ने भनेर दिमाग लगाएर सारा मानव जगतलाई बाँच्ने आधार तय गरेको हुन्छ भने, यो त देश संचालन गर्ने जस्तो कुरा हो । त्यसैले , राजनीतिमा पनि सवै दलका युवा नेतृत्वले समयमा नै एकजुट भई नेतृत्व लिन सक्ने क्षमता अभिबृद्दि गरौं । न कि कलेज पढ्दा ढुङा हानेकै हो , बन्द हड्तालमा सडक जाम गरेकै हो, अनि चुनावमा जाड रक्सी पार्टीमा सामेल भएकै हो भनेको भरमा अव नेतृत्व लिन सक्ने अवस्था छैन ।

अमेरिका, युरोपका देशहरु र कतिपय एशियन रास्ट्रहरुको प्रयास होड्वाजीकोरुपमा चन्द्रमा र विभिन्न ग्रहहरुको अध्ययन गरी मानवबस्ती बसाल्ने तरखरमा अगाडि बढिरहेको छ भने हामी नेपाली अझै पनि सियोदेखि मियोसम्म , नुनदेखि सुनसम्म , राजनीतिदेखि कुटनीतिसम्म आदि यावत कुराहरुमा परनिर्भरता कहिलेसम्म र ? 

समय र परिस्थितिले अब कसैलाई पर्खिनेवाला छैन
र नेपालको राजनीतिको यो दुरदशा र फोहोरी खेल हिजोबाट मात्र होइन १ सत्ता र शक्तिको लागि कोतपर्व, भन्डारखाल पर्व, अलौ पर्वको कालो धब्बा सेलाउन नपाउदै पंच्यायत कालको त्यो कहाली लाग्दो दृश्य अनि ५२ पछिको दशक हुंदै फेरि ६२ को दिल्लीमा गएर बिसर्जन भएको १२ बुदे खारेज नभएसम्म यस्तै हो यहाँको चलन ! कोही दुधले नुहाएका भएनन ! र हुनेलाई पनि अडिन दिइएन ।

तर अहिले राजनीतिक स्थिति धेरै नाजुक बनिसक्यो । सर्वोच्च अदालतमा बिचराधीन मुद्दा प्रधानमन्त्रीको बिरुद्दमा चाङ छन । यो देशका कानुनबीद, न्यायाधिश र वकिलहरु प्रायस् दलीय ट्याग भिरेका छन । अव त, मुद्दा सुनुवाई पनि श्रीमान कुन पार्टीका पर्छन सोहीनुसार बिचार गरेर मात्र बेन्चमा राख्नुपर्ने अवस्था आयो । उता माधव नेपाल जसरी हुन्छ केपीलाई ठेगान लगाउन पाए देश, जनता र कार्यकर्ता जता जाउन मतलव छैन झै गर्छन भने केपी वलीलाई पनि आफ्नालाई पाखा लगाई पराइलाई काखी चापेको आरोप नलागेको होइन ।

देउवा ग्याङ कतिखेर कम्युनिष्ट फुट्छ र अर्को चुनावमा दुई तिहाई ल्याउन सकिन्छ भन्ने दाउमा छ । प्रचन्ड अहिले कादरखानको रोल खेलेर सम्पूर्ण कोचको काम गरिराखेकाछन । उता राजावादीहरुको जिउरो लुट्पुटाइसक्यो । भारतको दोहोरो रोल छ । भारत जहिले पनि नेपालमा राजनीतिक अस्थिरता चाहन्छ र हाम्रा कतिपय कम्युनिष्टका नेताहरु पनि उसकै मादलको तालमा नाचिरहेका छन ।

चीन एमसीसी आउछ कि भन्ने चिन्तामा छ । अमेरिका भ्यक्सीनको डोज बढाएर भएपनि एमसीसी पास गराउने र भविश्यमा सेना नेपालमा राखेर खनिज पदार्थको अन्भेषण गर्ने दाउमा चीनलाइ परास्त गर्ने रण मैदान निर्माण गर्दैछ । मानवधिकारवादीहरु प्रायस् सवै एम्बेसीको तलव अनि केपीको बिरोध गर्न पाए खुशि हुने ।

प्रधानमन्त्रीका आसपासमा रहने सल्लाहकारहरु पनि खाइन्जेल आफ्ना, खान नपाएपछि बिराना , चाकरी र चाप्लुसी अनि अहंकारले अरुलाइ गिन्तीमै राख्न दिएका छैनन भने यस्तो बेलामा केपी एक्लैलाई यो समस्या समाधानको लागि धेरै कठीनाईको स्थिति भएकोले बिद्वान युवा नेता तथा बिज्ञ विश्लेषकज्यू, दम्भ र कुन्ठाको राजनीति अनि बिश्लेषण छोडेर कम्सेकम असल चरित्र र नैतिकताको पाठ अन्य बिकशित मुलुकबाट सिक्न नसकेपनि भुटानबाट त सिक्नुहोस, भलै भारतीय भलाकुसरीमा मडारिएको भएपनि ।

अझ युवा नेताहरुको मौनताले त झन आम कार्यकर्तामा निरासाको बादलबाहेक अरु केही छाएको छैन । यदि युवा नेताले बृद्द नेतृत्वलाई सम्मानजनकरुपमा स्थापित गराई नेतृत्वको जिम्मेवारी आफ्नो कांधमा राख्ने हो भने मात्र देश समृद्दितिर जान्छ र जनताले पनि राम्रो र नराम्रो युवा जुझारु नेतृत्व छान्ने मौका पाउंछन ।

.खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै