१८ चैत , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ १० रुपैयाँले बढेर एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको हो ।



