Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगञ्जमा आईतबार गयराति कारको ठक्करबाट ३ जनाको मृत्यु

(महेन्द्र सिंह )

२८ चैत , काठमाडौं । नेपालगन्ज बिपि चोक नजिकै आइतबार राती प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका– ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । अस्पताल पु¥याएको १५ मिनेट पछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै