२९ चैत , काठमाडौं । पोखरा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने घट्टे खोला नजिकै बस दुर्घटना भएको छ । आज साझ अन्दाजी साढे ६ बजेको समयमा बेनी हुदै पोखरा आउदै गरेको ना ४ ख १५३१ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा ११ जना यात्रु रहेका थिए । यात्रुहरु मध्य ८ जना घाइते भएका छन् भने उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले समय नेपाललाई जानकारी दिएका छन्।
प्रारम्भिक रुपमा घटनास्थल हेर्दा रातीको समयमा सडकमा बत्ती नभएको र बाटोमा रहेको डिभाइडरमा झुक्कीएर एक्कासी ब्रेक लगाउदा पल्टिएको हुन् सक्ने आशंका गरिएको स्थानियले जनाएका छन् । उक्त दुर्घ’टनाको बारेमा थप अनुसन्धान भईरहेको र थप जानकारी अनुसन्धानपछि आउने थापाले बताएका छन् ।
भिडियो –






